Connect with us
Kapilvast Forest

लुम्बिनी प्रेस क्लबले आइसोलेशनको लागि भवन दिने

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

रुपन्देही-लुम्बिनी प्रेस क्लबकाे बैठक शनिबार सम्पन्न भएकाे छ ।
भर्चुवल रुपमन सम्पन्न बैठकले विभिन्न निर्णय गरेकाे छ ।
बैठकले कल्बकाे लुम्बिनी राेडमा रहेकाे चारतल्ले भवनमा कुनै स्थानिय तह वा संघसंस्थाले अाईसााेलेशन बनाउन चाहेमा दिने निर्णय गरेकाे छ ।
यसैगरि बैठकले प्रेस क्लबकाे सदस्यकाे काेराेना परिक्षण निशुल्क रुपमा गराउनेगरि पहल गर्ने निर्णय गरिएकाे छ ।

यसैगरि पत्रकार तथा अाम जनतालाई काेराेना उपचारमा सहजताकाेलागि सथानिय प्रशासन र अस्पताल प्रशासनसँग समन्वय गर्ने निर्णय भएकाे छ ।

बैठकले स्थलगत रिपोर्टिङमा हिड्ने क्लबका सदस्यहरुकाेलागि अावश्यक मास्क, स्यानेटाईजर उपलब्ध गराउने निर्णय गर्दै त्यसकाे संयाेजन गर्नेगरि संस्थाका काेषाध्यक्ष प्रकाश न्याैपानेलाई संयाेजक चयन गरेकाे छ।

यसैगरि बैठकले काेराेना संक्रमितहरुकाे सहज स्वास्थय उपचारकाे ब्यवसथाकाेलागि तिनै तहका सरकार र स्थानिय प्रशासनसंग माग गर्दै काेराेना संक्रमित भई निधन भएका पत्रकारहरु तथा सबै मानवजातिहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उपचारतहरुकाे शिघ्र स्वास्थयलाभकाे कामना गर्ने निर्णय सहित समापन भयाे । बैठक क्लबकाे अध्यक्ष नरेश के सीकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu