डीभी २०२२ को नतिजा सार्वजनिक
काठमाडौं -सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।
U.S. Embassy Nepal
@USEmbassyNepal
आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।