Connect with us
Kapilvast Forest

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं – सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ ’ भनेर प्रश्न गर्दा उनीहरुले हातपात गरेका हुन ।

शनिवार हवल्दारलाई हातपात गरेर अपशब्द बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । एउटा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजना फरार भएका छन् । उनीहरुले प्रहरी हवल्दारलाई कुटपिट गरेर कपडा च्यातिदिएका छन् ।

कोरोना रोकथामका लागि खटिएका प्रहरीलाई अभद्र ब्यबहार गर्ने बिरुद्ध संक्रामक रोग ऐन–०२० र अभद्र व्यवहार मुद्दा चलाइने सुनसरीका एसपी कमल थापाले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj