Connect with us
Kapilvast Forest

२९ गतेपछि पनि थप १५ दिन निषेधाज्ञा गर्ने तयारीमा सरकार

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं- कोरोना संक्रमण रोकथाम र न्युनिकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।यसअघि वैशाख १६ देखि २२ गते(बुधबार राति १२ बजे ) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

थपिएको आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । त्यस्तै कारोना नियन्त्रण गर्न थप १५ दिन निषेधाज्ञा गर्ने तयारीमा सरकार छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसैबीच निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ५ सय ६३ वटा सवारी साधनलाई आइतबार बिहार्न काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४ सय ३५ वटा २ पाङग्रे, १०२ वटा चारपाङग्रे र २६ वटा अन्य सवारी साधन रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu