जसपाको बैठक सकियो, विश्वासको मतमा स्वविवेक प्रयोग गर्ने
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) को आज आइतबार बसेको पदाधिकारीहरुको बैठक केही बेर अघि सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार लिने विश्वासको मतका लागि सांसदहरुलाई स्वविवेकको अधिकारी दिएका छ।
पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेरनदिने भन्ने विषयमा भएको छलफलमा सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।आईतवार बसेको जसपा पदाधिकारीहरुको बैठकले मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा जसरी पनि सहभागि हुन पाउने निर्णय गरेको हो ।
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतको पक्षले विश्वासको मत दिने पक्षमा मत राख्नु भएको थियो भने अध्यक्ष उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षले विश्वासको मत नदिने पक्षमा कुरा राख्नु भएको थियो । विवाद बढ्ने देखिएपछि ह्वीप जारी नगर्ने र सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको श्रोतले जनाएको छ ।