मायादेवी गाउँपालिकाद्वारा कपिलवस्तु अस्पताललाई २ लाख सहयोग
कपिलवस्तु –कोरोना संक्रमतिको उपचारमा सहजताकालागि मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमितको उपचारमा सहजताकालागि लागिगाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवीगाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनु भयो ।
उहाँले भन्नु भयो कपिलवस्तु अस्पातलले जिल्ला कै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक आभावको कारण उपचारमा समस्यभईरहेकोले गाउँपालिकाले तत्काल २ लाखको दिएको बताउनु भयो ।
२ लाखको चेक अस्पतालका प्रमुख किशोर बन्जाडेलाई हस्तान्तरण गर्नु भएको थियो । अस्पतालप्रमुख बन्जाडेले मायादेवीगाउँपालिकाले सहयोग गरेकोमा आभार ब्यक्त गर्दै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भयो । कपिलवस्तुको विभिन्न संघ संस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बन्जाडेले बताउनु भयो ।