Connect with us
Kapilvast Forest

१० दिनमै गुम्यो दिपक मनाङेको मन्त्री पद

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाउनु भएको थियो । तर, मुख्यमन्त्री गुरुङले आपूm विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिनु भएको थियो । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उहाँ पनि काम चलाउ हुनु भएको छ । मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आउनु भएको छ । उहाँले अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम राख्ने अथवा नयाँ सरकार बनाउने दललाई समर्थन गर्ने हेर्न बाँकी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu