अध्यक्ष ओलीको दम्भका कारण पार्टी एकता असफल: झपट रावल
काठमाडौं – नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री ओलीको दम्भका कारण एमालेको एकता संभावना सकिएको आरोप लगाउनुभएको छ ।
माधव नेपाल समूहको अल्टिमेटम सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रावलले प्रधानमन्त्री ओलीलाई लक्षित गर्ने लेख्नुभएको छ , ‘व्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैहुनुन्छ । त्यसको पूर्वसन्ध्यामा वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै एकताका लागि विहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि कुनै प्रयास नगरेको यो समूहको आरोप छ। र, प्रधानमन्त्री ओली नै यसको दोषी भएको उहाँहरुको आरोप छ।