हतारमा अनुचित निर्णय नलिनुस्, सँगै बसेर छलफल गरौं:प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नु भएको छ । माधवकुमार नेपाल समूहले आज ९ बजेसम्मका लागि दिएको समयलाई वेवास्ता गरेका ओलीले १० ५५ बजे ट्विट गर्दै समस्या भए सँगै बसेर छलफल तथा समाधान गर्न सकिने बताउनुभएको हो ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच पार्टी कसले विभाजित गरायो भन्ने देखाउने होडबाजी जारी छ। त्यसैक्रममा ओलीले ट्विट गर्नु भएको हो यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु ओलीले ट्विटमा भन्नुभएको छ आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।
उहाँले भन्नुभएको छ ( नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
