काठमाडौं-प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गर्नु भएको छ । आजको बैठकमा ओली विश्वासको मत लिन असफल भएसगैँ उहाँ नेतृत्वको सरकार ढलेको छ।