पत्रकार महासंघलाई मास्क र सेनिटाईजर
कपिलवस्तु-अग्रपंक्तिमा खटदै जोखिम मोलेर कार्य गरीरहेका पत्रकारका लागि नेपाल पत्रकार महासंघ कपिलवस्तुलाई मास्क र सेनिटाईजर उपलब्ध गराइएको छ ।
महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरेले सो सामाग्री प्रदान गर्नु भएको हो । महराजगंज नगरपालिकाले १ हजार पिस सर्जिकल मास्क र ढेड लिटर सेनिटाईजर तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले ५ सय पिस सर्जिकल मास्क उपलब्ध गराएको हो ।
जोखिम मोलेर काम गर्ने पत्रकारलाई उत्साह थप्न सो सो सामाग्री प्रदान गरिएको मेर कलामले बताउनु भयो । वडाध्यक्ष गैरेले पत्रकारलाई कार्य स्थलमा काम गर्न जोखिम हुने भएकाले त्यसलाइृ मध्यनजर गर्दै मास्क उपलबध गराइएको बताउनु भयो । महासंघका जिल्ला अध्यक्ष बज्राचार्यले सहयोगी हातहरुमा हार्दिक आभार ब्यक्त गर्दै जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई साथ दिन आग्रह गर्नु भयो ।