Connect with us
Kapilvast Forest

वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम हो:महन्थ ठाकुर

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

mahantha_thakur.jpg

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताउनु भयो ।सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताउनु भएको छ ।

संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि ठाकुरले विज्ञप्ति जारी गर्नु भएको हो ।

विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको बताउनु भएको छ । यस्तो अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत बताउनु भएको छ । उहाँले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताउनु भएको छ ।सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मत विभाजन हुँदा पनि ठाकुर समूह तटस्थ बसेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu