Connect with us
Kapilvast Forest

पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

पाल्पा – पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नु भएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गर्नु भएको हो ।

चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नु भएको हो । उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गर्नु भएको हो ।

पाँच वर्षअघि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई वर्ष प्राध्यापन गर्नु भएको थियो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढे पनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेका कारण नियमित पढाइ भएको हुँदा समयमा नै विद्यावारिधि गर्न सफल भएको गैरेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu