Connect with us
Kapilvast Forest

‘ए’ डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले आयोजना गर्न लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।

जेठ १ देखि पोखरामा हुने भनिएको फुटसल कोरोना महामारीलाई ध्यानमा राखेर स्थगित गरिएको एन्फाले मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

१० टोलीको सहभागितामा जेठ १ देखि २२ सम्म पोखरामा हुने तय भएको लिगका लागि एन्फाले छनोट प्रतियोगिता पनि सम्पन्न गरिसकेको थियो ।

लिगको विजेताले १० लाख, उप विजेताले ५ लाख र विधागत उत्कृष्ट हुनेले जनाही २५ हजार पाउने बताइएको थियो ।एन्फाले यही प्रतियोगितालाई आधार मानेर राष्ट्रिय फुटसल टिम समेत तयार गरिने जनाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu