कपिलबस्तु नगर भित्रका बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन
कपिलबस्तु-जिल्लाको हाल विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टस सहितको कोरोना भाईरस कोभिड –१९ को प्रकोप तीब्र रुपमा फैलिरहेको भन्दै कपिलबस्तु नगरपालिकाका भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरुले सेवा बन्द गर्ने नगरपालिकाले निर्देशन गरेको छ ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहको हस्ताक्षरीत सुचनमा भनिएको छ कपिलबस्तु अस्पताल लगायत अन्य अस्पतालहरुमा बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको छ ।
अस्पतालहरुमा अक्सिजनको आपूर्ति हुन नसकेकोले बिरामीहरुको अवस्था गम्भीर बन्दै गई रहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरु कपिलवस्तु नगरपालिकामा मात्र खुला हुँदा अन्य जिल्ला तथा स्थानीय तहहरुबाट समेत सेवाग्राहीहरुको चाप यस नगरपालिका अन्तर्गतका बैंकहरुमा पर्ने हुँदा महामारीको व्यवस्थापन गर्न कठिनाई हुने भएको छ ।
भौतिक रुपमा उपस्थित भई बैंक तथा वित्तिय संस्थाहरुबाट उपलब्ध गराईने सबै सेवाहरु बुधबार देखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्वारा जारी निषेधज्ञ सम्म बन्द गर्ने नगरपालिकाले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ए.टी.एम. तथा विद्युतीय माध्यमबाट हुने बैंकिङ सम्बन्धी सेवाहरु निर्देशन बमोजिम संचालन हुने छन् ।
