फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थसामग्री
कपिलवस्तु- काेराेना संक्रमण विरुद्ध फ्रन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री बितरण गरिएको छ । नेकपा एमालेको युवा सघंका केन्द्रिय सदस्य कपिलवस्तुको बहादुरगंजका निवासी नवाब शाह र एमालेको भातृसंस्था उद्योग बाणिज्य सघं कपिलवस्तुको अध्यक्ष एवं बहादुरगंजका पुर्व प्रधान शिवप्रसाद जयसवालले शिवराज अस्पताल र प्रहरी कार्यालय बहादुरगंजलाई मास्क, सेनेटाइजर, फेस सिल्ड, ग्लाेव्स, आक्सिमिटर लगायतका सामग्री प्रदान गर्नुभएकाे हो ।
काेराेना संक्रमणको महामारीमा परेका नागरिकको ज्यान जाेगाउन फ्रन्टलाइनर स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको युवा सघंका केन्द्रिय सदस्य शाह नवाबले जानकारी दिनु भयो । यस महामारीमा आफ्नाे घरमा बसेर संक्रमण कम गर्न सकिने भएकाले लकडाउन पालना गर्न उद्योग बाणिज्य सघं कपिलवस्तुको अध्यक्ष एवं बहादुरगंजका पुर्व प्रधान शिवप्रसाद जयसवालले अनुराेध गर्नु भयो ।
हाल शिवराज अस्पतालले कृष्णनगर काे आइसाेलेसनलाई प्रविधिक सहयाेग गर्दै आएका छ । अस्पतालका मेसु मुकेश चौधरी र इलाका प्रहरी कार्यालय बहादुरगंजका सहायक प्रहरी निरीक्षक गगन शाहिलाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ सामग्री वितरण कार्यमा बहादुरगंजका महेश जयसवाल, दिनेश जयसवाल, चंद्र जयसवाल, मकबूल जीलानी, रामचंदर जयसवाल लगायत युवाको सहयोग रहेको थियो ।