ओली भारतको रोजाइ, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित : भाजपा नेता
काठमाडौं – भारतका पूर्वमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) का नेता सुव्रमनियन स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको बताउनु भएको छ ।
नेपालमा ओली सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । भारतको माथिल्लो सदन राज्य सभाका सदस्यसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए चीनको जित हुनेसमेत उल्लेख गर्नु भएको छ
‘जहाँसम्म मलाई नेपालको बारेमा थाहा छ, ओली भारतको रोजाइको बताउनु भएको छ ।उहाँले लेखेख्नु भएको छ,यदि प्रचण्ड प्रधानमन्त्री भए भने चीनको जित हुनेछ।यसअघि उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा सुखद खबर भनि टिप्पणी गर्नु भएको थियो ।
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won
— Subramanian Swamy (@Swamy39) May 11, 2021