Connect with us
Kapilvast Forest

खनाल-नेपाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे निर्णय गर्ने

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौँ — एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे थप निर्णय लिने भएको छ । मंगलबार खनाल र नेपाल समूहको झण्डै चार घण्टा भर्चुअल छलफलपछि परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो ।साथै यो समूहले नयाँ सरकार गठनमा आफूहरुको निर्णायक भूमिका नरहने पनि बताएको छ ।

परिस्थिति हेरेर स्थायी कमिटी र प्रतिनिधिसभाका सदस्यहरुको छलफलबाट आवश्यक निर्णय लिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनु भयो ।

छलफलमा विश्वासको मतमाथि सोमबार संसद्‍मा भएको मतदानमा अनुपस्थित हुने निर्णयको समीक्षा भएको थियो । भुसालका अनुसार सोमबार संसद्‍मा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नजानु सही निर्णय भएको छलफलको निष्कर्ष छ । ‘हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था थिएनौ ।

त्यसैअनुसार आइतबार संसद बैठकमा सहभागी नभएर सही निर्णय गरेको हाम्रो निश्कर्ष छ,’ भुसालले भन्नु भयो । आइतबार खनाल नेपाल समूहका २८ सांसद संसद बैठकमा अनुपस्थिती रहेको थियो ।

खनाल–नेपाल समूहको छलफलको प्रधानमन्त्री ओली नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष छ । भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले एक ट्वीटमार्फत् भारतको रोजाई ओली भएको बताएको प्रसंग उल्लेख गर्दै समूहका एक नेताले भन्नु भयो भारत त खुलै रुपमा ओलीको पक्षमा आएको छ । भारतको सत्तारुढ दलका नेताहरुले सार्वजनिक रुपमै त्यो कुरा प्रकट गर्न थालेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu