Connect with us
Kapilvast Forest

‘पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाऔं, एक वर्षभित्र चुनाव गरौं’

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको एक वर्षभित्रमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

राजनीतिक अस्थिरता बिग्रँदै गएको भन्दै उहाँले अबको एक वर्षभित्रमा चुनाव गर्ने र त्यसअघि राष्ट्रिय सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले संविधानको धारा ७६ को उपधारा २ बमोजिम पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउने र एक वर्षभित्र चुनावमा जानुपर्ने बताउनुभएको हो ।

देशमा देखिएको संकट समाधानका लागि सबै दलको सहभागिता आवश्यक रहेको भन्दै उहाँले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर अघि बढ्न सकिनेसमेत बताउनुभएको छ । उहाँले सबैको सहमतिमा कोरोना भाइरसको संक्रमण नियन्त्रण र संविधान संशोधनका मुद्दामासमेत सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu