घट्याे आज सुनको मूल्य
काठमाडौं – आज सुनको मूल्य ३ सयले घटेर ९२ हजार रूपैयाँ पुगेको छ । हिजाे सुन प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार रूपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदी हिजाे पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।