Connect with us
Kapilvast Forest

अक्सिजन अभाव हुन थालेपछि सिलिण्डर सङ्कलन गर्दै तनहुँ प्रहरी

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

 

तनहुँ- तनहुँ प्रहरीले अक्सिजन सिलिण्डरको अभाव टार्न अक्सिजन सिलिण्डरको सङ्कलन गरिरहेको छ । कोरोना भाइरसबाट सङक्रमितको सङ्ख्या बढेसँगै अभाव भएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीबाट सङ्कलन गरिएको हो ।

मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायतका विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेको अक्सिजनका सिलिण्डर सङ्कलन भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमितको लागि उपचार हुँदै आएको दमौली अस्पताल, जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बन्दीपुर अस्पताल लगायतका अस्पतालमा अभाव हुन नदिन सामान्य अवस्था भएपछि फिर्ता गर्नेगरी सङकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

‘‘अक्सिजनको खपत दैनिक बढिरहदाँ अभाव हुने सम्भावनालाई ध्यानमा दिँदै ८५ वटा सङ्कलन गर्न सफल भईसकेका छौं भने ३३ वटामा भरेर विरामीलाई प्रयोग गर्न दिएका छौं’’ एसपी पौडेलले भन्नुभयो ।

अक्सिजन भरिएको सिलिन्डरलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा अस्पताललाई आवश्यक परेको खण्डमा प्रहरी कै सक्रियतामा अस्पतालमा पु¥याईने व्यवस्था मिलाईएको छ । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार र यस आसपासको क्षेत्रबाट मङ्गलबार सम्म २५ सिलिण्डर सङ्कलन भईसकेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा प्रमुख प्रकाश भुषालले जानकारी दिनुभयो ।

२५ सिलिण्डर मध्ये १७ वटा खाली सिलिण्डर डुम्रे टोल विकास संस्थाले भरिदिएको छ । सिलिन्डरका साथै अक्सिजन जडानको लागि आवश्यक पर्ने केही उपकरण र अक्सिजन नाप्ने केही थान स्वास्थ सामग्री पनि खरिद गरि खाली सिलिन्डर भरेर पठाईएको डुम्रे टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरोकारवाला सङ्घ संस्थाको समन्वयमा हाल बन्दाबन्दीको अवस्थामा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्लन गरी अस्पतालमा पु¥याउन थालिएको प्रहरीले जनाएको छ ।

मस्र्याङ्दी जलविद्युत केन्द्वारा सिलिण्डर प्रदान

यसैबीच तनहुँको आँबुखैरैनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रद्वारा आँबुखैरेनी गाउँपालिकालाई १२ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

केन्द्रले प्रदान गरेको सिलिण्डर मध्य ९ वटा अक्सिजन भरिएको र ३ खाली रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । केन्द्रबाट प्राप्त खाली सिलिण्डर पनि अक्सिजन भर्नका लागि पठाईसकिएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा हालसम्म २ वटा भरी अक्सिजन सिलिण्डर रहेकोमा अब १४ वटा भएको छ । यस्तै गाउँपालिकामा १२ बेडको आइसोलेसन वाड तयार गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu