कर्णालीका दुई मन्त्रीद्वारा राजीनामा
सुर्खेत – कर्णाल प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिनुभएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी दिनुभयो । ‘हामीले त राजीनामा बुझाइ सक्यौं,’ उहाँले भन्नुभयो , ‘तर नयाँ मन्त्री को आउँछन् भन्ने अहिलेनै निर्णय भएको छैन। त्यो कुरा पार्टीलेनै निर्णय गर्नेछ।’