Connect with us
Kapilvast Forest

कपिलवस्तु अस्पतालमा अक्सिजन प्यालन्ट निर्माण गरिने

२०७८, २९ बैशाख बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु –अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनेको संख्या बढैदै गए पछि कपिलवस्तु अस्पतालमा आफनै अक्सिजन प्लान्ट उद्योग संचालन गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्या बढे पछि उपचारकाक्रममा चाहिने अक्सिजन अभाव हुदा अकालमा ज्यान गुमाउनेको संख्या बढे पछि कोरोना संकट ब्यवस्थापन केन्द्रले सो निर्णय गरेको हो ।

जिल्लाका स्वास्थ्य संस्थाहरुमा अति आवश्यकीय अक्सिजनको अभाव हुन नदिन कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नकालागि पहल गर्ने निर्णय गरिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताउनु भयो । अहिले अस्पतालमा ३ सय सिलिन्डर आवश्यक रहे पनि १ सय ११ वटा मात्र छन । रुपन्देहीबाट ढुवानी गर्दा दैनिकरुपमा मुस्किलले २५÷३० वटा सिलिन्डर मात्र प्राप्त भईरहेको अस्पतालका मेसु किशोर बन्जाडेले बताउनु भयो । प्लान्ट निर्माणकालागि करिब ढाई करोड रुपैया लाग्ने बताउनु भयो ।

‘ तिनै तहका सरकार र सरोकारवालाले साथ दिए अस्पतालमा चाडै प्लान्ट बनाउन सकिन्छ ’ उहाँले भन्नु भयो । अस्पतालकामा रहेको १० आईसियु बेड तथा अन्य बेड गरी ५० वटा बेड छन ।

बिरामीहरु अक्सिजन नपाउदा छटपटाईरहेका छन । देशश्यापीरुपमा अक्सिजना अभाव हुदा त्यसको असर बिरामीहरु समेत परेको बन्जाडेले बताउनु भयो । उता बहादुरगंजमा बन्द रहेको अक्सिजन प्यान्ट समेत संचालन गर्नु पर्न आवाज उठेको छ । स्थानीय अंकुश श्रीवास्तवले अहिलेको अवस्थामा बहादुरगंजमा बर्षौ देखि बन्द रहेको अक्सिजन उद्योगलाई संचालन गराउनु पर्ने बताउनु भयो ।

यस्तै बैठकले कृष्णनगर स्थित भन्सार यार्डमा रहेको २ बिघा बढी जग्गामा नेपाली सेनाको अगुवाईमा होल्डीङ सेन्टर बनाउन दिने, कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन कपिलवस्तु नगरपालिकाले गर्ने, मेरी स्टोप्सले कपिलवस्तु नगरपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्सलाई शव बाहनकोरुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

कपिलवस्तु अस्पतालको खातामा सिधै आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गर्न, सबै पालिकाहरुले एन्टीजेन मार्फत कोरोना परिक्षणको ब्यवस्था गर्नु पर्ने निर्णय गरिएको छ । अब किनमेलकालागि बिहान ९ बजे देखि १ बजे सम्म छुट्टाइएको सयममा समेत अनिवार्यरुपमा पास लिनु पर्ने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu