Connect with us
Kapilvast Forest

१ करोड ९० लाख नागरिक कोरोना खोप लगाउनबाट वञ्चित

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोपलक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

२ जेठदेखि भेरोसिल लगाइँदै

सरकारले कोभिड खोपलक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्नेहुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्नेहुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने रु’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ ।

पहिलो मात्रा लगाएको १२ साताभित्र खोप लगाउँदा प्रभावकारी मानिन्छ । जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो, दोहो(याउनुपर्दैन ।
खोप विज्ञ, डा. श्यामराज उप्रेती

खोपविज्ञ डा. श्यामराज उप्रेती पहिलो डोज लगाएको १२ सातासम्म लगाउँदा प्रभावकारी मानिने बताउँनु भयो । ‘पहिलो डोज लगाएको १२ साताभित्र प्रभावकारी मानिन्छ,’ उहाँ भन्नुहुन्छ , ‘जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार हालसम्म भारतबाट १० लाख डोज कोभिसिल्ड र चीन सरकारबाट ८ लाख डोज भेरोसिल खोप अनुदान प्राप्त भएको छ । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप, कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज आएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट निकट भविष्यमै खोप प्राप्त हुने जानकारी दिनु भयो । ‘अमेरीका, रुस, बेलायत, चीनलगायत देशसँग खोप उपलब्धता सम्बन्धमा वार्ता भएको छ,’ उहाँले भन्नु भयो ‘सक्दो पहल गरिरहेका छौं ।’

खोप प्राप्त गर्न नसक्नुको कारण उद्योगमा आगलागी, भारतमा फैलिँदो महामारीपछि निर्यातमा प्रतिबन्ध हुँदा खरिद गरिएको १० लाख डोज आउन सकेको छैन ।

सरकारले आगामी २ जेठदेखि काठमाडौंमा दोस्रो चरणअन्तर्गत चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । दोस्रो चरणअन्तर्गत १८ माथि ५९ वर्षसम्मकालाई लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

औषधि व्यवस्था विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोप, रुसी खोप ‘स्पुटनिक–भी’, सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘सार्स–कोभ–२ भ्याक्सिन ९भेरो सेल० प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सक्रिय संक्रमित एक लाख नाघे
देशभर सक्रिय कोरोना संक्रमित संख्या १ लाख नाघेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये संस्थागतमा ७ हजार २ सय ९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन् ।

त्यस्तै, बुधबार देशभर ९ हजार ३ सय ५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६८ संक्रमितको मृत्युसँगै मृतक संख्या हालसम्म ४ हजार २ सय २५ पुगेको छ ।देशभर ५ सय १७ क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ व्यक्ति निको भएका छन् । राजधानी दैनिक

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu