Connect with us
Kapilvast Forest

एमालेभित्र आवश्यक निर्णय लिने सबै अधिकार अध्यक्ष ओलीलाई

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले पार्टीभित्र आवश्यक निर्णय लिने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ।बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्षलाई ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ’, निर्णयको तीन नम्बर बुँदामा भनिएको छ ।

पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरू बिर्सिएर अगाडि बढ्न माधवकुमार नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको उनले बताए। बैठकमा पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरूको गम्भीर समीक्षा भएको छ।

बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्रीले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराएको उल्लेख छ।

‘बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ।’

विज्ञप्तिमा भनिएको छ, ‘बैठकले कोभिड महामारीका कारण ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सबै संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu