Connect with us
Kapilvast Forest

तिलौराकोट साझेदारीद्धारा कपिलस्तु अस्पताललाई ५ लाख

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु –कोरोना संक्रमित संख्या बढे पछि संकटमा परेको कपिलवस्तु अस्पतालाई ५ लाख सहयोग प्रदान गरिएको छ । पत्रकार महासंघले ध्यानाकषर्ण गराए पछि डिभिजन वन कार्यालय कपिलवस्तुको समन्वयमा तिलौराकोट साझदारी वनले कपिलवस्तु अस्पतालाई ५ लाख नगद र पाल उपलब्ध गराएको हो ।

सो रकम तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेय, डिभिजन वन कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेलाई हस्तान्तरण गर्नु भएको थियो । सो रकमले कोरोना संक्रमितको उपचार, ब्यवस्थापन, सामाग्री खरिदमा सहयोगी हुने पौडलले बिश्वास ब्यक्त गर्नु भयो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आफुहरुले अस्पताललाइृ सो रकम प्रदान गरेको तिलौराकोट साझेदारीका प्रमुख जय प्रकाश पाण्डेयले बताउनुभयो । मेसु बन्जाडोले सहयोगी हात प्रति आभार ब्यक्त गर्दे अस्पताललाई थप सहयोग जुटाई सहयोग गर्न अपील गर्नु भयो ।

अस्पताललाई अहिले सम्म महाराजगंज नगरपालिका र बिजयनगर गाउपालिकाले पाच पाच लाख, यशोधराले ३ र मायोदेबीले २ लाख सहयोग गरेका छन ।

युवा नेता गोपीकृष्ण शर्माल चलाएको अभियानबाट साढे ७ लाख रकम बढी उठेको र त्यस मध्ये १५ वटा अक्सिजन सिलिन्डर खरिद गरी बुझाई सकेको छन । बाकी १५ वटा केही दिन मै बुझाउने शर्माले बताउनुभयो । यस्तै अधिकारकर्मी रबि ठाकुरले चलाएको महाभियानमा नगद तथा बिभिन्न स्वास्थ्य सामाग्री संकलन हुनेक्रम जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu