देउवासँग भेटेलगत्तै प्रचण्डद्वारा स्थायी समितिको बैठक आवहान
काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी समिति बैठक बोलाउनुभएको छ ।
अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाउनुभएको छछ । माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बोलाएको बताउनुभयो ।तत्काल बस्नुपर्ने भएकाले अनौपचारिक बैठक भनिएको छ,’ कार्यालय सचिव ढकालले भन्नुभयो ।