Connect with us
Kapilvast Forest

कांग्रेस पदाधिकारी बैठक सुरु

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो । सरकार गठनका विषयमा छलफल हुने बताइएको छ।सभापति देउवाले यसअघि विभिन्न दलका नेताहरुसँग भएको छलफल र त्यसको निष्कर्षका विषयमा पदाधिकारीहरुलाई बताउनुहुनेछ ।

प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति नौ बजे सकिँदैछ।

त्यसअघि नै बैकल्पिक सरकार बन्‍ने आधारसहित राष्ट्रपतिलाई लेखी पठाउने तयारीमा कांग्रेस माओवादी छन्। तर त्यसका लागि सिंगो जसपाले समर्थन गर्नुपर्छ कि त माधव पक्षका सांसदहरूले राजीनामा दिएर संसद्को संख्या घटाउनुपर्छ।

देउवाले पदाधिकारी बैठक बोलाउनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष महन्थ ठाकूर र एमालेका माधव नेपाललगायतका नेताहरूसँग परामर्श गर्नु भएको थियो ।अहिले माओवादीले पनि स्थायी कमिटी बैठक बोलाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu