Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्नुहुने भएको छ । ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको सम्मेलन केन्द्रको प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे सो सम्मेलन केन्द्रको उद्घाटन गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।

ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको सो गोदावरी सनराइज सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ। ८१ करोडको लागतमा सो सम्मेलन केन्द्रको निर्माण भएको हो।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको थियो।

करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले ठेक्का पाएको थियो। गत कार्तिक महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सम्मेलन केन्द्रको उद्घाटन गरेर चाँडो सक्न निर्देशन दिनुु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu