प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्रीमा पुरानै अनुहार (नामावलीसहित)
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् ।ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिनुभएको छ । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाउनुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिनुभएको छ । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।यसअघि अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।
यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिनुभएको थियो । सपथ लिने मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह रहनुभएको छ ।
त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो रहनुभएको छ। राज्यमन्त्रीहरू नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको हो । मन्त्री र राज्य मन्त्रीहरुले यसअघिकै मन्त्रालयको जिम्मा पाउनुभएको छ ।