ऊर्जामन्त्री रायमाझीद्वारा पुन पदभार ग्रहण
काठमाडौं- सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा र्घाखाँचीका टोपबहादुर रायमाझीले पुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा आ पदभार ग्रहण भएको छ ।
रायमाझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितलनिवासमा पहिलेकै मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पद तथा गोपनीयताको पुनः सपथ लिनु भएको हो।
यस अघि २०७७ पौष १० गते शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका रायमाझी सांसदबाट पदमुक्त भएपछि गत २०७७ चैत्र २७, शुक्रवार पुनमन्त्री हुनु भएको थियो ।
संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँची जिल्लाबाट सांसद बनेका उर्जामन्त्री टोपबहादुर रायमाझी औपचारिक रुपमा चैत्र २६ गते विहीवार पदमुक्त हुनु भएको थियो ।
यो सँगै अर्घाखाँचीमा सांसद पद रिक्त भएको छ । प्रतिनिधि सभा सदस्यमा २०७४ मसिर २५ गते सोमवार विजयी भएका रायमाझीको सांसद पद ३ वर्ष ३ महिना २८ दिनपछि गुमेको छ ।
नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि नेकपा एमाले प्रवेश गरेका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरुलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएपछि सांसद पदबाट मुक्त हुनु भएको थियो ।