Connect with us
Kapilvast Forest

धनकुटामा १५ दिन निषेधाज्ञा थपियो

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

dhankuta-.jpg
प्रतिनिधिमुलक तस्विर

धनकुटा -कोभिड–१९ को संक्रमण बढेपछि धनकुटा जिल्लामा १५ दिन निषेधाज्ञा घोषणा गरिएको छ ।डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज शुक्रबारराति १२ बजेदेखि लागू हुने गरी जेठ १५ गते राति १२ बजेसम्मको लागि धनकुटा जिल्लाभर निषेधाज्ञा घोषणा गरिएको हो ।

धनकुटा नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण देखिएपछि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । तर संक्रमण दर दिन प्रतिदिन बढ्दै गएपछि संक्रमणको साङ्ग्लो तोड्नका लागि संक्रमण रोग ऐन, २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी १५ दिन लामो निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो ।

धनकुटामा पछिल्लो समय जिल्लाभर नै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञालाई थप कडाई गरिएको छ । हप्ताभरि संचालन हुँदै आएका जिल्लामा बैंक तथा वित्तीय संस्थाहरू जेठ १ गतेदेखि हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार विहान ८ बजेदेखि ११ बजेसम्म सीमित कर्मचारी राखेर मात्र संचालन गर्न पाउने छन् ।

त्यस्तै दैनिक उपभोग्य वस्तुहरू खरिद गर्नको निम्ति विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न पाउने छन् । यसका साथै पास बाहेकका निजी तथा सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
धनकुटा हुँदै कोशी लोकमार्गमा संचालन हुने सवारी साधन, एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दुध, सागसब्जी बोकेका, फोहोर मैला व्यवस्थापनका सवारीहरू भने निर्वाध रूपमा संचालन हुने छन् ।

अन्य अतिआवश्यक सेवा प्रभाव नगर्ने सरकारी कार्यालयहरूले प्रभाव गर्ने सेवा बन्द रहेपछि नेपाल सरकारको स्वास्थ्य मापदण्डअनुसार सीमित कर्मचारी राखेर कार्यालय खुल्ला गरिनेछ ।

विभिन्न भीडभाड हुने कुनै पनि गतिविधि नगर्न नगराउन र यदि कसैले विनाकारण बाहिर हिँड्डुल गरेको पाइएमा कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । धनकुटामा अहिलेसम्म १ सय ३५ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu