Connect with us
Kapilvast Forest

अक्सिजनमा चरम नाफा : खरिद मूल्य ४००, बिक्री ९१५

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं – प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ रु कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो।

तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा बेच्दै आइरहेको छ। यो महामारीमा प्राणवायु अक्सिजनकै कालोबजारी गरेर उसले सय प्रतिशतभन्दा बढी मुनाफा कमाइरहेको छ।

जयेशका सञ्चालक राजीव तेलंगाका अनुसार उक्त कम्पनीले नेपालगन्ज परसपुरस्थित एचओ अक्सिजन ग्यासबाट प्रतिसिलिन्डर ४ सयमा खरिद गर्छ। त्यही अक्सिजन भेरी अस्पताललाई ९ सय १५ रुपैयाँमा बेच्ने गरेको तेलंगाले खुलस्त बताउनु भयो ।

तेलंगाका अनुसार उक्त ट्रेडिङले सानो सिलिन्डर २ सय ५० रुपैयाँमा किन्छ। त्यसलाई उक्त अस्पताललाई ५ सय १५ मा बेच्छ। दुवै आकारका सिलिन्डरमा दोब्बरभन्दा बढी मूल्य लिने गरेको छ।

त्यही सप्लायर अर्थात् जयेशले नै बाँकेकै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई भने प्रतिसिलिन्डर १५ रुपैयाँ मात्र नाफा खाएर बेचिरहेको छ। शिक्षण अस्पतालका प्रबन्ध सञ्चालक डा।सुरेशकुमार कनोडियाले प्रतिसिलिण्डर ४ सय १५ रुपैयाँमा खरिद गरिरहेको बताउनु भयो। उहाँले भन्नु भयो , ‘त्यही अक्सिजन ल्याउन पनि रातदिन कर्मचारी खटाउनु परेको छ।’अन्नपूर्ण

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj