Connect with us
Kapilvast Forest

छुरा प्रहार गरि एक युवकको हत्या

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

मोरङ-मोरङको लेटाङमा छुरा प्रहार गरि एक युवकको हत्या गरिएको छ। छुराले हानेर लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरिएको प्रहरीले जनाएको छ। राति ८:४५ बजेतिर लेटाङकै त्रिसूली चोकमा अन्य दुई युवासँग भएको विवादले उग्ररुप लिएपछि उनीमाथि छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा बाटैमा राति १०:३० बजेतिर मृत्यु भएको हो।

राईलाई लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले लेटाङबाटै शनिबार बिहान पक्राउ गरेको छ। अर्यालकै नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी राईले दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu