Connect with us
Kapilvast Forest

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

सङ्खुवासभा – सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको आयोजनाको काम गर्न सतलज कम्पनी तथा सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनु भयो ।

बुधबार बिहान साढे ८ः०० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठ्ठु राना घाइते भएका थिए । पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए ।

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदार आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताउनु भयो । रामले भन्नुभयो, “बीमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ ग¥यो । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताउनु भयो ।

 

चिचिला गाउँपालिकामा निमार्णाधीन उक्त जलविद्युत् आयोजनाको विद्युत् गृहस्थलमा कामदारको मृत्युपछि विद्युत् गृहस्थलमा काम शुरु हुन सकेको छैन । मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदूरले काम अवरुद्ध गरी स्थानीय कार्यालय, सवारी साधन र निर्माण सामग्रीमा तोडफोड गरेका थिए । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने सतलज जलविद्युत् निगम (एसजेभिएन) का सिइओ अरुण धिमानले बताउनु भयो ।

नेपाल सरकारले सुरक्षाको प्रत्यभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने सिइओ धिमानले जानकारी दिनुभयो । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरिएकाले काम गर्न असहज भएको उनको भनाइ छ । उहाँले भन्नु भयो , “परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख भएभन्दा बाहिरको काम गर्न हामी सक्दैनौँ ।”

कूल रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको अयोजनाको काम सन् २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ ।

विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इन्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu