तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन:परराष्ट्रमन्त्री ज्ञवाली
‘काठमाडौं -परराष्ट्रमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उहाँले बताउनु भयो ।
पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगायतका बिषयमा सरकारी घारणा प्रस्तुत गर्नु भएको छ ।महामारीले अक्सिजन उत्पादनमा पार्ने दबाबको आकंलन गरेर तयारी गर्न हामी पछि परेको देखियो उहाँले भन्नु भयो ।’