Connect with us
Kapilvast Forest

मृतक कोरोना संक्रमितको धार्मिक परंपरा अनुसार सदगद गर्न कपिलवस्तु नगरपालिकाले मिलायो प्रबन्ध

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु नगरपालिकाले मृत्यु भएका कोरोना संक्रमितको शवको धार्मिक परम्पार अनुसार निःश्ुल्क सदगदको ब्यवस्था मिलाएको छ । यस अघि नै नगरपालिकाले मृत्यु भएका कोरोना संक्रमितको शव ब्यवस्थापनक निःशुल्करुपमै गर्दै आएको छ । अस्पतालबाट शवलाई घाट सम्म लैजाने र चिहान बनाई जलाएर सदगद गर्ने सम्मको निःशुल्क प्रबन्ध मिलाइएको मेयर किरण सिंहले बताए । घाटमा शवलाई गाडन ठाउको अभाव हुने र बाढी आए पछि शवलाई बगाउदा नदी समेत दुषित हुने भएकाले धार्मिक परम्पार अन्ुसार सदगदको प्रबन्ध मिलाईएको उनले बताए । शवलाई अस्पताल देखि रामघाटट सम्म लैजाने र रामघाटमा चिहान बनाई जलाउने सम्मको प्रबन्ध मिलाइएको उनले बताए । मृतक कोरोना संक्रमितको शवलाई सुरक्षित तरिकाले घाटमा लाने ,मृतक परिवारलाई सुरक्षित राख्न आवश्यक पिपिई समेत नगरपालिकाले दिने छ । चिहान बनाउने र आवश्यक दाउरा समेत निःशुल्क उपलब्ध गारईने छ । शवको ब्यवस्थापनकालागि नगरपालिकाको स्वास्थ्य संयेोजक उमेश गुप्तालाई फोकल पर्सन तोकिएको छ । यस्तै चिहान बनाउनकालागि रामजानी मन्दिरका पुर्व अध्यक्ष कमलेश शुक्लालाई जिम्मेवारी दिइएको छ । जलाउनकालागि चाहिने दाउराकालागि स्थाीय समाजसेबी अर्जूृन बर्माले २ ट्याक्टर र ईन्जीनीयर राजेश सैनीले एक ट्याक्टर दाउ।रा उपलब्ध गराएका छन । शवलाई जलाउनकालासग चाहिने दाउराको ब्यवस्थापन गर्न सहयोग गर्न अपील गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu