Connect with us
Kapilvast Forest

बाणगंगामा अक्सिजन प्लान्ट बन्दै, १ हप्तामा १ हजारको पिसिआर गरिने

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

 

हरि आचार्य,कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकाले पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालको लागत साझेदारीमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । नगरपालिकाको आज बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कोरोना महामारीको संक्रमण तिब्र गतिमा वृद्धि भएकाले अक्सिजन प्लान निर्माण कार्यलाई यथाशिघ्र व्यबस्था गर्न वडा नं. ४ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय समित गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, वडा नं. ८ का वडाध्यक्ष गुणानिधि भुसाल, वडा नं.९ का वडाध्यक्ष धुर्व बेलबासे र सदस्य सचिव प्रशासन शाखा प्रमुख केशवराज भट्राई रनु भएको छ  ।

बैठकले कोभिड रोकथाम नियन्त्रणका लागि संघ संस्था वा व्यक्तिगत सहयोगलाई एकद्धार प्रणालिबाट सञ्चालन गर्ने निर्णय गरेको छ । जसका लागि जिन्सि दिन चाहानेले नगरपालिकाको जिन्सि शाखमा सम्पर्क गर्ने र नगद सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य बैकमा रहेको नगरपालिकाको कोभिड ब्यबस्थापन खाताको खाता नं. ०४१५६०१६०९१७७०११ मा जम्मा गरिदिन सम्पुर्ण नगरवासीमा अनुरोध गरिएको नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भएको छ । त्यस्तै अबको एक हप्ता भित्र १ हजार नगरवासीको पिसिआर टेस्ट गर्ने निर्णय पनि भएको छ ।

आकस्मिक बैठकले यस अघि कोभिड १९ रोकथाम नियन्त्रणका लागि बनाईएका समितिहरु अनुमोदन गरेको छ । जसमध्ये नगर प्रमुख मंगल प्रसाद थारुको संयोजकत्वमा अनुगमन समिति रहेको छ जसको सदस्यहरुमा सदस्यमा उपमेयर चक्रपाणि अर्याल, सबै वडाका वडाध्यक्षहरु, मुख्य राजनितिक दलका प्रतिनिधि, कपिलवस्तु उद्योग वाािण्ज्य संघ र सिद्धार्थ सामाजिक विकास केन्द्र प्रतिनिधि रहनु भएको छ ।

त्यस्तै उप मेयर चक्रपाणि अर्यालको संयोजकत्वमा अस्पताल तथा संघ सस्था समन्य समिति रहेको छ जसको सदस्यहरुमा वडा नं.८ का वडाध्यक्ष गुणानिधि भुसाल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेन, युनाईटेड अस्पतालका अध्यक्ष सुन्दर आचार्य, सि एण्ड सि अस्पतालका संचालक गोपाल घिमिरे, तरुणदलका सभापति शक्ति सिहं ठकुरी, प्रकाश घिमिरे, कृष्ण चालिसे रहनु भएको छ ।

त्यस्तै नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा प्रचार प्रसार, मिडिया ब्यबवस्थापन तथा सुचना सञ्चार समिति रहेको छ जसको सदस्यमा वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरी, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वडा नं. ३ का वडाध्यक्ष सन्तराम रौतार, पत्रकार महासंघ कपिलवस्तुका प्रतिनिधि, र नगरपालिका भित्रका सम्पुर्ण सञ्चार संस्थाका प्रतिनिधि रहनु भएको छ ।

यता वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको संयोजकत्वमा अक्सिजन व्यबस्थापन समिति निर्माण गरिएको जसको सदस्यहरुमा कपिलवस्तु उद्योग वाणिज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु जेसिज, बाणगंगा यातायात समिति, रोटरी क्लव, लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ बाणगंगा, बाणगंगा वेलफेयर सोसाईटि, कपिलवस्तु सामुदायिक अस्पताल, नागरिक समाजका प्रतिनिधि रहनु भएको छ ।

यस्तै नगर प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा संयोजकत्वमा एमबुलेन्स तथा यातायात ब्यबस्थापन समिति निर्माण गरिएको छ जसको सदस्यहरुमा वाणगंगा यातायात व्यवसायी समिति, नेपाल रेडक्रस सोसाईटि बाणगंगा शाखा, कपिलवस्तु जेसिज, सि एण्ड सि अस्पताल, शान्ति सृजना युवा क्लवका प्रतिनिधि रहनु भएको छ ् ।

वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालको संयोजकत्वमा आईसोलेसन तथा स्वास्थ्य सामग्री व्यबस्थापन समिति निर्माण गरिएको छ, जसको सदस्यहरुमा वडा नं. १ का वडाध्यक्ष वाल कुमारी पन्त अधिकारी, वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नं.८ का वडाध्यक्ष गुणानिधि भुसाल वडा नं. ९ का वडाध्यक्ष धुर्ब बेल्बासे, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य र सिद्धार्थ क्याम्पसका प्रमुख खेमराज शर्मा रहनु भएको छ ।

वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालको संयोजकत्वमा शव ब्यबस्थापन समिति गठन गरिएको छ जसको सदस्यहरुमा वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरी, र वडा नं. ६ का वडाध्यक्ष सुकदेव थारु रहनु भएको छ ।

त्यस्तै नगरपालिकाको शिक्षा शाखाद्धारा निर्मित भित्तेपात्रो पनि नगर प्रमुख मंगल प्रसाद थारुद्धारा विमोचन गरिएको नगर प्रवक्ता पौडेलले जानकारी दिएनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu