दाङमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु
बुटवल-दाङका कोरोना संक्रमित एक पत्रकारको उपचारका क्रममा भैरहवामा मृत्यु भएको छ ।दाङको घोराही उपमहानगरपालिका(४ दाङका ३३ वर्षका पत्रकार लक्ष्मण बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार बिहान १२.४७ बजे मृत्यु भएको हो ।
मेडिकल कलेजका सूचना अधिकारी शुशील गुरुङका अनुसार बस्नेत र उहाँका ५३ वर्षका बुबा वैशाख २१ गते अस्पतालमा भर्ना हुनु भएको थियो ।उनीहरुको २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । दुबैजनाको शुरुमा एचडीयूमा र केही दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
पत्रकार बस्नेतका बुबाको जेठ २ गते साँझ ७।५१ बजे मृत्यु भएको सूचना अधिकारी गुरुङले बताउनु भयो । अस्पताल आउँदा दुईदिन अघिको पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ भएपनि श्वास प्रश्वासमा समस्या रहेको गुरुङले बताउनु भयो ।