Connect with us
Kapilvast Forest

नेप्से २० अंकले बढ्दा साढे ९ अर्ब माथिको सेयर कारोबार

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

nepse high

 

काठमाडौं – आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार २०.७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य सोमबार बढेको छ । आईपीओ सूचीकृत भएसँगै लगातार बढिरहेको रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ ।

समता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu