Connect with us
Kapilvast Forest

नेपालबाट चार्टड विमानमार्फत् पाँचसय भारतीय साउदी अरब जाँदै

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

nepal airlaince

काठमाडौ- निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत् उनीहरुको गन्तव्यस्थल साउदी अरब लगिँदैछ।आज र भोलि गरी नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सका पाँच वटा उडान मार्फत् साउदी अरब पुर्‍याउन लागिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि गरी नेपाल एयरलाइन्सले २ र हिमालय एयरलाइन्सका विमानले ३ वटा उडान गर्नेछन्। भारतीय दूतावासको आग्रह गरेपछि नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब पुर्‍याइदिन लागिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

साउदी अरबले भारतको सिधा उडान रोकेपछि भारतीयहरु नेपाल हुँदै त्यसतर्फ गइरहेका थिए। नेपालमै रोकिएका अन्य देशका नागरिकलाई पनि गन्तब्यमा पुर्‍याइदिने उद्देश्यले अर्को हप्ता कतार एयरवेज र टर्किस एयरवेजलाई पनि उडान अनुमति दिने तयारी भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu