Connect with us
Kapilvast Forest

बारामा घाँटी रेटेर दुई बालकको हत्या

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

वीरगञ्‍ज- बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

कलैया उपमहानगरपालिका(७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उहाँले भन्नु भयो ‘ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताउनु भयो । ‘

वरपर हेर्दा हतियार पनि फेला परेको छैन, उनीहरु कहाँ गएका थिए, कसलाई भेटे लगायतका बारेमा सोधपुछसँगै तालिम प्राप्त कुकुरको पर्खाइमा छौं ।’ उनले भने ‘कसले किन हत्या गरेको हो रु को को संलग्न छन रु पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu