Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीबाट आचारसंहिता उल्लंघन, धम्की दिँदै थापालाई मागे मत

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री केपी ओलीबाट निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मत मागिएको छ ।वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत माग्नुभएको हो ।

उपनिर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भइसकेको समयमा बुधबार दिउँसो विज्ञप्ति निकालेरै उहाँले गृहमन्त्रीसमेत रहनुभएका थापालाई मत हाल्न पार्टी पंक्तिलाई आदेश दिनुभएको हो । त्यतिमात्र होइन थापालाई मत नदिए कार्वाही गर्ने धम्कीसमेत प्रधानमन्त्री ओलीले मतदातालाई दिनुभएको छ ।

मौन अवधिमा सामाजिक सञ्जालमार्फत मत माग्न र समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

आयोगले विज्ञप्ति निकालेरै यसबारेमा प्रष्ट्याउँदै भनेको छ, ‘यस अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, उमेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लेखित आचरणहरु पालना गर्न÷गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ ।’

बिहीबार हुने उपनिर्वाचनमा विपक्षी गठबन्धनले भने एमाले पृष्ठभूमिकै संघीयता विज्ञ डा। खिमलाल देवकोटालाई उमेदवार बनाएको छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल–नेपाल समूहले उम्मेदवार बनाएको हो ।

तर, अहिले एमालेमा ओली र नेपालबीचको विवाद मिलाउने भन्दै पहल भइरहेका समयमा खनाल–नेपाल पक्षले देवकोटालाई मत देलान् भन्ने आशंकाका साथ प्रधानमन्त्री ओलीले चेतावनीपूर्वक मत माग्नुभएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu