Connect with us
Kapilvast Forest

आइसोलेसनलाई २० लाख राबरको स्वास्थ्य उपकरण सहयोग

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

रुपन्देही-लुम्बिनी साँस्कृतिक नगर पालिकालाई मलेसियास्थित चुजी फाउण्डेसनले २० लाख रुपैयाँ बराबरको बिभिन्न स्वास्थ्य सामान प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्बिनीका सस्थापक अध्यक्ष तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थबिरको पहलकदमीबाट प्राप्त सामान भिक्षु मैत्रीले लुम्बिनी नगरका प्रमुख मनमोहन चौधरीलाई हस्तान्त्रण गर्नु भएको छ ।

नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरको प्रयोजनका लागि आएको सामानहरूमा ईसीजी मेसिन १ थान, कार्डियक मनिटर ५ थान, हस्पिटल बेड मेट्रेस १५ थान, पीपीई सेट र केएन ९५ मास्क २०० थान, फेस शिल्ड २०० थानलगायतका सामान छन् ।
अन्य सहयोग पनि आवश्यकताअनुसार हुने भिक्षु मैत्रीले जानकारी दिनुभयो ।

लुम्बिनी क्षेत्रमा कोरोना संक्रमितको संख्या बढन थालेपछि नगरपालिकाले त्यहाँका बिभिन्न संघ–संस्थाको पहलमा आईसोलेशन सेन्टर स्थापना गरेको छ । सोहि आइसोलेसन सेन्टरको प्रयोजनमा अहिले प्राप्त सामान प्रयोग गरिने प्रमुख चौधरीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu