कपिलवस्तुका माओबादी नेता पाण्डेमाथि गोली प्रहार
कपिलवस्तु-नेकपा (माओबादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।
तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल(क्रान्तिकारी)का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताउनुभयो ।गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन् ।
कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
यता माओबादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटन आफुहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताउनुभयो । पाण्डेको पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताउनुभयो ।