Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठकमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्ने एजेन्डा तय गरिएको बताइएको छ ।

यसैबीच प्रचण्डले बुधबार पार्टी कार्यालयमै चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्न सकिने काम के के हुन् भन्नेलगायत विषयमा छलफल गर्नुभएको थियो ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार चिकित्सकहरूले दिएका सल्लाह, सुझावसहित आज बस्ने स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे थप छलफल हुनेछ ।

प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा बैठकबाट विभिन्न योजना तथा कार्यक्रम निर्णय गरी घोषणा गर्ने कार्यक्रम छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu