Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठविरुद्ध कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गर्नु भएको थियो ।
त्यसविरुद्ध कांग्रेसले निर्वाचन आयोगमा बिहीबार उजुरी दिएर कारवाहीको माग गरेको हो ।

 

‘आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ ।

जेठ ५ गते बसेको कांग्रेस संसदलीय दलको बैठकले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्ने वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले जनाउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu