सभापति देउवालेद्वारा कांग्रेस पदाधिकारी बैठक आवहान
काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायत विषयमा छलफल हुनेछ ।
राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरित र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ।