Connect with us
Kapilvast Forest

निषेधाज्ञा उल्लघंन गर्ने ५ हजार ८५९ सवारी साधन प्रहरी नियन्त्रणमा

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं -कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको र संक्रमितको मृत्युदर पनि बढिरहेको बेला निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढिरहेको छ ।

बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन ।

नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने २३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।

तीन हजार ६०७ जनालाई सम्झाइ/बुझाइ गरी छाडिएको छ । यस्तै, नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।

सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu