Connect with us
Kapilvast Forest

लुम्विनी प्रदेशद्वारा कोरोना नियन्त्रण तथा रोकथामका लागि ७ करोड ७४ लाख बजेट विनियोजन

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

 

रुपन्देही – लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भेज प्रसाद श्रेष्ठले कोरोना विरुद्धको लडाई जित्न मन्त्रालय मातहतका विभन्न निकाय र जिल्ला अस्पतालका लागि वजेट विनियोजन गर्नु भएको छ। जस अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लुम्बिनी प्रदेश सरकारले मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई बजेट पठाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको हो निर्णयसँगै बजेट निकासाको प्रक्रिया शुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले जानकारी दिनु भयो ।उक्त बजेट प्रदेश आपुर्ति केन्द्र, कोरोना अ‍ेस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।

केही अघि मात्रै कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले बजेटको सुनिश्चिता गर्दै बजेट छुट्याएको थियो ।मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपुर्ति केन्द्र, बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्टर किट्स्, पिपिई र कोभिड १९ परीक्षणका लागि आर एन ए एक्सटक्सन किट्स, रिएजेन्टस, केमीकल लगायतका सामग्री खरीद गर्न सक्नेछ ।

त्यसैगरी बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका लागि कोभिड १९ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट कन्ज्युमेबल्सका लागि २० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।प्राविधिक कार्यदलको शिफारिस अनुसार लुम्बिनी प्रदेशमा रहेका तराइका ३ अस्पतालहरु पृथ्वीचन्द्र अस्पताल, परासी, बर्दिया अस्पताल, गुलरिया र कपिलवस्तु अस्पताल, तौलिहवालाई १५ लाखका दरले ४५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी बैठकमा पहाडका ७ अस्पतालहरु पाल्पा अस्पताल, तानसेन, रामपुर अस्पताल, रामपुर, गुल्मी अस्पताल, तम्घास, अर्घाखाँची अस्पपताल, सन्धिखर्क, प्यूठान अस्पताल, बिजुवार, रोल्पा अस्पताल, रेउघा र रुकुमपूर्व अस्पताल, सिस्नेलाई १० लाखका दरले ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।त्यसैगरी संक्रमितहरुको परिक्षण एवं पहिचान गर्न, समुदायमा थप संक्रमण फैलन नदिनका लागि जनस्वास्थ्य अभियान संचालन गर्न प्रदेशमा रहेका १२ वटा स्वास्थ्य कार्यालयहरुलाई ५ लाखका दरले ६० लाख उपलब्ध गराएको छ ।

प्रदेशमा रहेको ९ वटा आयुर्वेदहरुलाई एक लाखका दरले ९० लाख र लुम्बिनी आयुवेद चिकित्सालय र प्रदेश आयुर्वेद चिकित्सालय, बिजौरीलाई २ लाख ५० हजारका दरले ५ लाख गरी जम्मा १४ लाख उपलब्ध गराउने निर्णय भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु भवनको लिफ्ट र जेनरेटर खरीदका लागि ५० लाख र भीम अस्पताल भैरहवामा आइसोलेसन अस्पताल संचालन तथा व्यवस्थापनका लागि १५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu